बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

प्रचण्डले भने, ‘म जीवित रहँदासम्म राजावादीको सपना पूरा हुँदैन’


  • 154
    SHARES
  • https://indrenipost.com/posts/8436
    चैत ९, २०८१ शनिबार
    प्रचण्डले भने, ‘म जीवित रहँदासम्म राजावादीको सपना पूरा हुँदैन’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जीवित रहँदासम्म नेपालमा पुनःराजतन्त्र फर्काउने सपना पूरा गर्न नदिने बताएका छन्। तराई–मधेश जागरण अभियानअन्तर्गत आज(शनिबार) चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अहिलेकै संविधानलाई सफल बनाउने र राजतन्त्रलाई परास्त गरिरहने बताएका हुन्। 

    ‘हामीले सम्पूर्ण रुपमा परास्त गर्ने छौँ, उनले भने, ‘हामीले हाम्रो जीवनकालमा संविधानलाई सफल बनाउनु छ।’ उनले सरकार भ्रष्टाचारमा लागेकोले प्रतिक्रियावादीहरू सक्रिय भएको आरोप लगाए। उनले नेपालको वर्तमान संविधानलाई अझ बलियो बनाएर कार्यान्वयनमा जानका लागि कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने पनि बताए। उनले माओवादीलाई विचौलियाले सरकारबाट बाहिर ल्याएको पनि आरोप लगाए।

    विचौलियाले अनेक प्रपञ्च गरेर हामीलाई सरकारबाट बाहिर पठाए। तर बाहिर आउँदा जनताले हामीप्रति जनताले नयाँ अनुभूति लिन थालेको पाएको छु,ु उनले भने, केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा गरेर हामीलाई लागेको उपचार डाक्टरले गर्न सक्दैन। हामीलाई लागेको रोगको डाक्टर जनता हो भन्ने संकल्पसहित जनतामाझ आयौँ। उनले ०६४ मा जनताले नै माओवादीलाई सिंहदरबार पठाएको भन्दै उनले कांग्रेस, एमालेप्रति कटाक्ष गरे।  ‘हामीलाई ०६४ पछि कांग्रेस एमाले र राजामहाराजाले दयामाया गरेर सिंहदरबार पुर्‍याएका थिएनन्,’ उनले भने ‘हामी अपराजय हौँ। कसैले जित्नै सकेन। नेपाल सरकार र अन्तर्राष्ट्रिय प्रतिक्रियावादीले पनि माओवादीलाई दबान सकिँदैन भन्ने बुझेका हुन् ।’

    जनतासँगको सम्बन्ध कमजोर भएपछि यथास्थितिलाई तोड्न जागरण अभियान सुरु गरेको दाहालको भनाइ छ। ‘जनतासँगको हाम्रो सम्बन्ध कमजोर भएपछि जालीझेली फस्टाउँदै गए। तर यथास्थितिलाई तोड्नै पर्छ भने हुलाकी मार्ग केन्द्रित तराई(मधेश जागरण अभियान सुरु गर्‍यौँ’ उनले भने।  

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij