बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

करोडौँ भ्रष्टाचार मुद्दामा फरार विद्युत प्राधिकरणका कर्मचारी पक्राउ 


  • 172
    SHARES
  • https://indrenipost.com/posts/8463
    चैत ११, २०८१ सोमबार
    करोडौँ भ्रष्टाचार मुद्दामा फरार विद्युत प्राधिकरणका कर्मचारी पक्राउ 

    काठमाडौं । भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत प्राधिकरणका कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन खैरहनी घर भई काठमाडौं महानगरपालिका १६ वनस्थली बस्ने ६५ वर्षीय ध्रुवकुमार उप्रेती रहेका छन्। उनलाई वनस्थलीबाट आइतबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए।

    प्राधिकरणका सहायक प्रबन्धक उप्रेतीलाई सर्वोच्च अदालतले गत मंसिर १२ गते दोषी ठहर गरेको थियो। उनलाई दुई करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैदको फैसला अदालतले गरेको थियो। फैसलापछि फरार रहेका उनलाई खोजीको सिलसिलामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ।

    अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको ब्युरोका प्रहरी उपरीक्षक शाहीले बताए।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij