काठमाडौँ । मन्त्रीपरिषद्को बैठक आज(सोमबार) बेलुका साढे ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बेलुका मन्त्रीपरिषद् बैठक बस्न लागेको हो ।
बेलुका बस्ने मन्त्रीपरिषद् बैठकले नियमित निर्णयहरु गर्ने बताएको छ । बैठक आज बसे पनि निर्णय भने त्यसपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने व्यवस्था छ ।