बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त


  • 181
    SHARES
  • https://indrenipost.com/posts/8466
    चैत ११, २०८१ सोमबार
    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

     काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

    आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भइसकेका थिए । पछि उनलाई हटाएर कुलमानलाई नै कार्यकारी निर्देशक बनाइएको थियो ।

    उनी विगतमा प्रसारण लाइनको गुरुयोजना, विद्युत माग प्रक्षेपणलगायतका कामका सक्रिय थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij