बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

कुलमानलाई हटाएपछि प्रचण्डले भने, बहुमतको दम्भमा गरिएको निर्णयप्रति घोर निन्दा गर्दछु’ 


  • 2.7K
    SHARES
  • https://indrenipost.com/posts/8468
    चैत ११, २०८१ सोमबार
    कुलमानलाई हटाएपछि प्रचण्डले भने, बहुमतको दम्भमा गरिएको निर्णयप्रति घोर निन्दा गर्दछु’ 

     
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार लेख्दै अध्यक्ष प्रचण्डले सरकारको कदम बिल्कुल गलत र आपत्तिजनक भएको टिप्प्णी गरेका छन् । 
    अध्यक्ष प्रचण्डले  सरकारले मन्त्रीपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट सार्बजनिक भएको आशा गरौं यो खबर असत्य सावित होस्, भन्दै कामना गरेका छन् ।  ‘देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। हाम्रो नेतृत्वको सरकारको योजना अनि उहाँको विज्ञता र क्षमताबाट उज्यालो नेपाल निर्माण गर्न सफलता मिलेको जन–जनमा जानकारी छ’ उनले लेखेका छन्, ‘प्राधिकरणको बाकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेकै कारणले कुलमान घिसिङलाई सरकारले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो ।’  

    सरकारले मन्त्रीपरिषद् बैठकबाट उहाँलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट सार्बजनिक हुँदा दुख गरेको उनले उल्लेख गरेका छन् । ‘आशा गरौं यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ । दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गर्दछु’ अध्यक्ष प्रचण्डले उल्लेख गरेका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij