बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

कुलमान बारे माओवादीले भन्यो, ‘सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक छ’ 


  • 271
    SHARES
  • https://indrenipost.com/posts/8477
    चैत १२, २०८१ मंगलबार
    कुलमान बारे माओवादीले भन्यो, ‘सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक छ’ 

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको बताएको छ । पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णयलाई कुशासनको दृष्टान्तको रुपमा व्याख्या गरेका छन् ।

    बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सृजना गर्ने उद्देश्यले गरिएको छ ।’

    माओवादी केन्द्रले उक्त निर्णय तत्काल फिर्ता लिन माग पनि गरेको छ । यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ,’ माओवादीले भनेको छ । कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै प्रायोजित दुष्प्रचार सुरु गरिएको पनि माओवादीले आरोप लगाएको छ ।

    ‘ 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij