शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची


  • 352
    SHARES
  • https://indrenipost.com/posts/8479
    चैत १३, २०८१ बुधबार
    संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

    काठमाडौं । संघीय संसद्अन्तर्गतका दुवै सदनको बैठक बस्ने भएका छन् । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै छ भने दिउसो १ः१५ मा राष्ट्रियसभा बैठक बस्ने छ । 

    प्रतिनिधि सभा बैठकमा 'बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०'का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको 'नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । 

    उनले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्तावसमेत प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ । 

    राष्ट्रियसभा बैठकमा भने भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । 

    त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले 'मुस्लिम आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन' सभासमक्ष पेस गर्ने छन् । 

    विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले 'दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्' भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij