बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

कुलमान बर्खासीबारे प्रधानमन्त्रीको जबाफ चित्त नबुझे आन्दोलनमा जान्छौं : प्रचण्ड

  • 235
    SHARES
  • https://indrenipost.com/posts/8489
    चैत १३, २०८१ बुधबार
    कुलमान बर्खासीबारे प्रधानमन्त्रीको जबाफ चित्त नबुझे आन्दोलनमा जान्छौं : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जाने बताएका छन्।

    संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै  प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले कार्यकारी निर्देशक घिसिङ हटाउने विषयमा जालझेल, षड्यन्त्र भएको टिप्पणी गरे।

    उनले  सरकारको यो कदमलाई स्वेच्छाचारीको संज्ञा पनि दिए।

    ‘प्रधानमन्त्रीले आएर जबाफ नदिएसम्म हाउस चल्न सक्दैन भनेर भनिएकै छ। प्रधानमन्त्रीले यसलाई सहज किसिमले लिनुपर्ने हुन्छ। उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ,’ उनले भने, ‘स्पष्टीकरण चित्तबुझ्दो भए हाउस चल्छ, स्पष्टीकरण चित्तबुझ्दो नभए आन्दोलन अगाडि बढ्छ।’

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय गरेको थियो।

    प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रलगायत विपक्षी दलहरूले यसको विरोध गर्दै बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरूद्ध गरेका थिए।

    प्रधानमन्त्रीले जबाफ नदिएसम्म उनीहरूले सदन चल्न नदिने बताएका छन्।

    प्रमुख प्रतिपक्षी दल लगायत विपक्षी दलहरूको अवरोधका कारण बुधबार प्रतिनिधि सभा बैठक चल्न सकेको छैन।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij