बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

संसद बैठक बस्दै नबसी स्थगित


  • 244
    SHARES
  • https://indrenipost.com/posts/8502
    चैत १४, २०८१ बिहीबार
    संसद बैठक बस्दै नबसी स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै दिउँसो २ बजे बस्नेगरी स्थगित भएको हो ।

    नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् ।

    त्यसबारे सभामुख देवराज घिमिरेले विपक्षी दलहरूसँग परामर्श गरेका छन् । यद्यपि सहमति जुट्न नसक्दा सूचना टाँस गरेर बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

    नेकपा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), नेकपा एकीकृत समाजवादी लगायत दलले प्रधानमन्त्रीले कुलमान हटाएको विषयमा प्रष्टीकरण दिनुपर्ने माग राखेर संसद अवरोध गरेका छन् । प्रतिपक्ष दल आफ्नो अडान यथावत राखेपछि संसद बैठक नै नबसेर स्थगित भएको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij