मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

प्रेस सेन्टरको अध्यक्षमा गिरी र महासचिवमा घर्ती निर्वाचित (मतपरिणाम)

  • 226
    SHARES
  • https://indrenipost.com/posts/8542
    चैत १८, २०८१ सोमबार
    प्रेस सेन्टरको अध्यक्षमा गिरी र महासचिवमा घर्ती निर्वाचित (मतपरिणाम)

    काठमाडौं । प्रेस सेन्टर नेपालको अध्यक्ष कमल गिरी निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न भएको मतदानको नतिजाअनुसार गिरीले ३३६ मत ल्याएर विजयी भए ।

    गिरीले ३६६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले १७५ मत मात्रै पाए । यसअघि गिरी वरिष्ठ उपाध्यक्ष थिए । रावल उपाध्यक्ष थिए ।

    सेन्टरको वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३९७ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी सुदिप बर्देवाले १११ मत पाए ।

    संगठनको महासचिवमा मनोज घर्ती मगर निर्वाचित भएका छन् । उनले ३७९ मत ल्याउँदा दीपेन्द्र शर्माले १४५ मत पाए ।

    उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

    उपाध्यक्ष चयन भएका ५ जनामा अधिकारी सचिव, श्रेष्ठ उपमहासचिव र बाँकी ३ जना यस अघि पनि उपाध्यक्ष नै थिए ।

    उपमहासचिव महिलामा लक्ष्मी आचार्य, उपमहासचिव दलितमा हरिश बिक, उपमहासचिव मधेशीमा अनिल मिश्र, उपमहासचिव आदिवासी जनजातिमा बुद्ध लोप्चन पनि निर्विरोध निर्वाचित भएका छन् ।

    यस्तै उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल १६५ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी बोमला गिरीले १९६ मत पाए ।

    खुला सचिवमा सुरेन्द्र चालिसे र सन्तोष देउजा निर्वाचित भए । सचिव महिलामा अञ्जली थापा, सचिव समावेशीमा अवतार राई निर्वाचित भएका छन् ।

    यस्तै प्रदेशबाट निर्वाचित हुने सचिवमा प्रदेश एकबाट दीपेन्द्रकुमार राई, मधेश प्रदेशबाट सुनिता बराल, बागमती प्रदेशबाट मीनकुमार दाहाल, गण्डकी प्रदेशबाट दीपक भट्टराई, लुम्बिनी प्रदेशबाट मानसिंह बिक, कर्णाली प्रदेशबाट गाणेशकञ्चन भारती, सुदूरपश्चिम प्रदेशबाट राजेन्द्र अवस्थी निर्विरोध निर्वाचित भएका छन् ।

    भूगोल बाहेक उपत्यका प्रदेशबाट नवराज दाहाल, प्रतिष्ठान प्रदेशबाट केशव भुल र एशोसिएट प्रदेशबाट नन्दलाल तिवारी निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा भएको निर्वाचनमा वसन्त गिरी निर्वाचित भएका छन् ।

    पदाधिकारी बाहेक प्रदेशबाट आउने केन्द्रीय सदस्य, आरक्षणबाट आउने केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी एवं सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । 

    निर्वाचन समितिका संयोजक गोविन्द आचार्यका अनुसार २९ जनाको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिव सहित विभिन्न १२ पदमा प्रतिस्पर्धाबाट निर्वाचित भएका छन् । उनले १७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

    यस्तै लेखा समितिको संयोजकमा अमृतराज तिवारी र सचिवमा भीम राई, अनुशासन समिति संयोजकमा गुनाराम घिमिरे र सचिवमा कृष्ण लेकाली निर्विरोध निर्वाचित भएका जानकारी गराए ।

    २९ पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिव सहित विभिन्न १२ पदमा निर्वाचन भएको थियो भने १७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए ।

    अवेशनमा जिल्ला आयोजक समिति, प्रदेश पदाधिकारी, जिल्ला अध्यक्ष, प्रतिनिधि र बाह्य मोर्चाका गरेर ८२१ जना प्रतिनिधि रहेकोमा ५५१ मत खसेको थियो ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij