बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा जोशी विजयी

  • 172
    SHARES
  • https://indrenipost.com/posts/8556
    चैत १८, २०८१ सोमबार
    त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा जोशी विजयी

     
    काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्यसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी सघंका दीपकराज जोशी विजयी भएका छन् । जम्मा मतदाता ३१ सय १८ जना रहेको त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ७८९ मतसहित सभापति पद पक्का गरे ।

    उनले एमालेनिकट अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतले पछि पारे । सिद्धान् ७८१ मतसहित दोस्रो भए ।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार स्ववियु निर्वाचन भएको थियो । यहाँ विद्युतीय मेशिनमा मत खसालिएकाले नतिजा पनि चाँडो आएको हो ।

    यसअघि उक्त क्याम्पसमा स्ववियु निर्वाचनको विवाद अदालत पुगेपछि निर्वाचन रोकिएको थियो । विवादमा उच्च अदालत, पाटनले निर्वाचन रोक्न दिएको अन्तरिक आदेशलाई निरन्तरता दिन नपर्ने फैसला गरेपनि सोमबार निर्वाचन भएको हो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सवै विद्यार्थी संगठनका साथै स्वतन्त्र उम्मेदवारी परेको थियो । क्याम्पसमा ६ हजार बढि विद्यार्थी मतदाता थिए । तर आधा मात्रै मतदान भएको थियो ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij