बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

प्रचण्डले भने, ‘राजावादी आपराधिक मानसिकता भएका मान्छे हुन् भन्ने पुष्टि भयो’ 


  • 2.7K
    SHARES
  • https://indrenipost.com/posts/8567
    चैत १९, २०८१ मंगलबार
    प्रचण्डले भने, ‘राजावादी आपराधिक मानसिकता भएका मान्छे हुन् भन्ने पुष्टि भयो’ 

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी आपराधिक मानसिकता भएका मान्छे पुष्टि भएको बताएका छन् ।नवनिर्वाचित प्रेस सेन्टर नेपालका पदाधिकारीलाई बधाई दिँदै मङ्गलवार बिहान निजी निवास खुमलटारमा उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले अभियान चलाइरहेका बेला प्रतिगमनकारीले टाउको उठाउने र वितण्डामा मच्चाउन खोजेपछि आफूहरुले गणतन्त्रको पक्षमा काठमाडौंमा विशाल जनप्रदर्शन गरेको बताए । तर, आफूहरूको जनप्रदर्शनलाई लक्षित गरेर राजवादीले जनप्रदर्शनका नाममा वितण्डा मच्चाएर आफूहरूलाई अपराधी पुष्टि गरेको बताए । उनले भने, ‘हाम्रो पार्टी अभियानमा हुँदा प्रतिगमनले टाउको उठाउने र वितण्डा मच्चाउने समस्या देखियो । त्यसपछि हामीले तुरुन्तै केहि पहल कदमी नलिने हो भने दुर्घटनामा जाने अवस्था देखेपछि अभियानलाई थाती राखेर काठमाडौं केन्द्रित विशाल जनसभा काठमाडौंमा गर्‍यौ । प्रतिगामीले वितण्डा मच्चाएपछि एक जना श्रमजीवी पत्रकार र एक जना श्रमजीवी नागरिक गरेर २ जनाको हत्या गरे । यसले माओवादी केन्द्र गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिने र नेतृत्व गर्ने शक्ति भएको र राजावादी आपराधिक मानसिकतामा मान्छे हुन भन्ने पुष्टि भएको छ ।’

    अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा पहिलो पटक आफूहरूले हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान सञ्चालन गरेको र उक्त अभियानमा हजारौँ र लाखौँ नागरिकसँग भेटघाट संवाद हुनुका साथै पार्टी प्रवेशको लहर नै चलेको बताएका छन् ।

     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij