बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री के के गर्दै छन् ? 


  • 145
    SHARES
  • https://indrenipost.com/posts/8575
    चैत २०, २०८१ बुधबार
    थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री के के गर्दै छन् ? 

     
    काठमाडौं। थाइल्याण्डको औपचारिक भ्रमण र बहुपक्षीय प्राविधि तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास बिमस्टेक को छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका समकक्षी पे थोङ् थान् सिनावात्राबीच आज भेटवार्ता हुँदैछ ।

    थाइल्याण्डका प्रधानमन्त्री सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न ६ सहमतिपत्र आदानप्रदान हुनेछन् ।

    सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी सिनावात्राले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । थाइल्याण्डको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली मङ्गलबार स्वदेश फर्किने छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij