बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर 


  • 154
    SHARES
  • https://indrenipost.com/posts/8577
    चैत २०, २०८१ बुधबार
    नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर 

     

    काठमाडौं ।  नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएकोे छ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा आज ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् ।

    नेपालमा तर्फबाट परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । यसैगरी थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान सुफाजीकिज्कोसल र पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेका हुन् ।

    यसैगरी दुईदेशका प्रधानमन्त्रीका उपस्थितिमा गैरसरकारी क्षेत्रसँग सम्बन्धित स्वास्थ्य, शिक्षा र व्यापार वाणिज्यसँग सम्बन्धित क्षेत्रमा विभिन्न समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो । थाइल्याण्ड सरकारको औपचारिक भ्रमण तथा छैटौँ ‘बिम्स्टेक’ सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत १९ गते यहाँ आएका थिए।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij