बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

भाटभटेनीका अध्यक्ष गुरुङले भने,  ‘भाटभटेनीमा ढुङ्गा हानेर राजतन्त्र फर्किँदैन’  


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/8580
    चैत २०, २०८१ बुधबार
    भाटभटेनीका अध्यक्ष गुरुङले भने,  ‘भाटभटेनीमा ढुङ्गा हानेर राजतन्त्र फर्किँदैन’  

     
    काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले भाटभटेनीमा लुटपाट र ढुङ्गा हानेर नेपालमा राजतन्त्र नफर्कने बताएका छन् । आज भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै उनले राजसंस्था फर्काउने आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुन्डा नाइकेको संज्ञा समेत दिए ।

    उनले गरेको आन्दोलनले भाटभटेनीमा लुटपाट र ढुङ्गा हानेर राजसंस्था फर्काउन सम्भव नभएको समेत गुरुङले बताए। राज्यले उनलाई पुलपुल्याउँदा अहिले वितण्डा निम्तिएको उनको भनाइ छ । उनले भने, ‘हामीले बर्सेनि ट्याक्स तिर्छौँ सरकारलाई । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौँ हजार भाइ बहिनीको सुरक्षा खोइ ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ?’

    राज्यले एउटा डनलाई पुल्पल्याएर राखेको हुँदा यो परिणाम आएको उनले बताए । उनको क्रियाकलापले राजसंस्था नआउने गुरुङले ठोकुवा गरे । ‘मारवाडीले यस्तो गर्‍यो, त्यस्तो गर्‍यो भन्दै हिँड्छ । मारवाडी देशको नागरिक होइन ?  मारवाडी भगाउन सम्भव छ ? देश कङ्गाल बनाउने रु दुर्गा प्रसाईँ गुन्डा नाइके हो । राज्यले पुलपुल्याउँदा आज यो परिणाम देखियो । उनले भने, ‘उसको क्रियाले राजसंस्था फर्किँदैन, म ठोकुवा दिएर भन्छु । भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ ? भाटभटेनीमा ढुङ्गा हानेर नेपालको संविधान मेटिन्छ ?  हामी बुझ्दैनौँ ? यो सबै डकैत हो ।’

    राजावादी प्रदर्शनकारीले तीनकुनेमा एक जलाएका थिए भने कयौँ घरमा ढुङ्गा प्रहार गरेर क्षति पुर्‍याएका थिए । चैत १५ गते राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर प्रसाईंको नेतृत्वमा राजधानीको तीनकुने र कोटेश्वर क्षेत्रमा विध्वंश मच्चिएको थियो ।

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij