मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

कर्मचारीको बलमा प्रहरीको अवरोध पन्छाउँदै कार्यकक्षमा पुगे प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ

  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/8595
    चैत २१, २०८१ बिहीबार
    कर्मचारीको बलमा प्रहरीको अवरोध पन्छाउँदै कार्यकक्षमा पुगे प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ

     
    काठमाडौं ।  काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ करिब ४ महिनापछि कार्यालयमा प्रवेश गरेका छन् । महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको बलमा उनी कार्यालय प्रवेश गरेका हुन् । 

     गुरागाईँलाई प्रवेश गर्न नदिन महानगरपालिकाका नगर प्रहरी खटिए पनि ठुलो सङ्ख्याका कर्मचारीसामु उनीहरू निरीह भए । जनप्रतिनिधि तथा कर्मचारीले नारा लगाउँदै गुरागाईँलाई कार्यकक्षसम्म पुर्‍याएका छन् । यद्यपि उनको कार्यकक्षमा ताला लगाइएको छ ।  गुरागाईँलाई कार्यालय प्रवेश गर्न दिनुपर्छ भन्नेमा उपमेयर सुनिता डंगालेदेखि काँग्रेस तथा एमालेका जनप्रतिनिधि तथा कर्मचारी छन् । 
     
    मेयरले अवैधानिक रुपमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाइएको र यही कारणले कर्मचारीले ३ महिना र शिक्षकले ५ महिनासम्म तलब नपाएको उनीहरूको भनाइ छ ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij