आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
समाचार
शुक्रबार, माघ २६ २०८०

चितवन । चितवनमा अाज देखि राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टीङग कार्यक्रम हुने भएको छ । नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको सह आयोजना, भरतपुर महानगरपालिकाको प्रवर्द्धक सहयोग र चिया क्षेत्रमा क्रियाशील

बिहीबार , माघ २५ २०८०

काठमाडौं । सरकारले केन्द्रीय धनादेश र टिकट व्यवस्थापन तथा ‘फिलाटेलिक’ कार्यालय खारेज गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले ‘एक पालिका एक हुलाक’ कायम गर्ने, हुलाकको सङ्गठन संरचना परिवर्तन गर्ने र एक हजार छ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले

बिहीबार , माघ २५ २०८०

काठमाडौं । रोल्पाको माडी गाउँपालिकाले जनयुद्ध दिवसमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पालिकाले यही माघ १७ गतेको निर्णयअनुसार आउँदो फागुन १ गते मंगलबार सरकारी कार्यालय र विद्यालयमा सावर्जनिक बिदा दिने निर्णय गरिएको भन्दै सूचना जारी गरेको हो । पालिकाको सूचनामा लेखिएको छ, जनयुद्ध

बिहीबार , माघ २५ २०८०

काठमाडौं । नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ । बुधबार यहाँ आयोजित एक समारोहबीच ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारीलाई पछ्याउँदै

बिहीबार , माघ २५ २०८०

भरतपुर । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेकोे छ । बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् । श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार

बुधबार, माघ २४ २०८०

सिरहा । सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन् । उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ । उनले भने “सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा

बुधबार, माघ २४ २०८०

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई अगाडि बढाएको हो । प्रदेश सरकारले सुर्खेतबाट आन्तरिक हवाई सेवा

मंगलबार, माघ २३ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव अधिकारमैत्री व्यवस्था नै सरकारको प्राथमिकता भएको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मानव अधिकारसँग सबै अधिकारलाई सरकारले उच्च सम्मान गर्दै आएको बताएका हुन् । प्रधानमन्त्री दाहालले भने, “सुशासन, पारदर्शीता, जवाफदेहिता,

सोमबार, माघ २२ २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्माण सम्पन्न नहुँदै उद्घाटन गर्ने कार्यलाई भ्रष्टाचारभित्रै राख्न माग गरेका छन् । उद्घाटन भएको करिब तीन वर्ष हुँदा पनि धरहराको निर्माण सम्पन्न नभएको भन्दै उनले निर्माण सम्पन्न नभइ उद्घाटन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यसलाई भ्रष्टाचारभित्रै राख्न प्रस्ताव गरेका

आइतबार, माघ २१ २०८०

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ घ्याङडाँडाका २६ वर्षीय रवीन्द्र भुजेलले रामेछापको १५ वर्षीया बालिकालाई उनकै घरबाट भगाएर गत भदौ २५ विवाह गर्ने बहानामा आफ्नो घर ल्याए । बालिकाको परिवारले खोजतलासी गरी रामेछाप नगरपालिका–८ को बाल सञ्जालको उपस्थितिमा छलफलपछि विवाह बदर गरी आफन्तको जिम्मामा पठाइएकामा पुनः ललाइफकाई

शनिबार, माघ २० २०८०

चितवन । चितवनस्थित नारायणी नदी किनारमा यही माघ २६ र २७ गते नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ गरिने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र चिया क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ–संस्थाको सहकार्यमा उक्त प्रदर्शनी आयोजना हुन लागेको हो । ‘स्वदेशमा उत्पादित

शुक्रबार, माघ १९ २०८०

ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट हटिया बजारबाट ताराखोला हुँदै म्याग्दी जोड्ने सडक स्तरोन्नति गर्न थालिएको चार वर्ष भयो । विसं २०७६ कात्तिकमा सम्झौता गरी काम सुरु भए पनि हालसम्म आधा मात्रै काम सकिएको छ । पूर्वाधार विकास कार्यालय बागलुङले एपेक्स खड्का कृष्ण कन्स्ट्रक्सनलाई दुई वर्षमा सक्ने गरी

शुक्रबार, माघ १९ २०८०

रुकुम पूर्व । हिउँ परेपछि रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार दिनभरि परेको हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन् । मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना क्षेत्रको झण्डै १९ किलोमिटर सडकमा बाक्लो हिउँ जमेको छ

बिहीबार , माघ १८ २०८०

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी (पिपिपी)मोडलमा सञ्चालन गर्ने सम्बन्धमा एक अध्ययन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेश गरेको अध्ययन समिति गठन गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो । पूर्वसचिव शङ्करप्रसाद अधिकारीको संयोजकत्वको समितिमा लगानी विज्ञ

मंगलबार, माघ १६ २०८०

काठमाडौं । देशभरका सम्पूर्ण सरकारी कार्यालय मंगलबारदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले नेपाल राजपत्रमा २०७९ साल चैत २ गते सूचना प्रकाशित गर्दै माघ १६ गतेदेखि  अपराह्न ५ बजेसम्म सरकारी कार्यालय सञ्चालन हुने जनाएको थियो । यसैगरी गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म

मंगलबार, माघ १६ २०८०

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ

सोमबार, माघ १५ २०८०

काठमाडौं । काठमाडौं उपत्यकामा हिजोको तुलनामा आज न्यूनतम तापक्रम केही बढेको छ । आज बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बिहान यही समयमा काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस थियो । काठमाडौंमा यो वर्ष आजसम्मको

शनिबार, माघ १३ २०८०

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस पुगेको छ । ​शनिबार बिहान पौने ९ बजेको तापक्रम २.५ डिग्री सेल्सियस मापन भएको हो ।मौसमविद् मीनकुमार अर्यालले यो वर्षको हालसम्मकै कम तापक्रम भएको जानकारी दिए ।उनका अनुसार यसअघि शनिबार बिहानको तापक्रम २.९ डिग्री सेल्सियस मापन

बिहीबार , माघ ११ २०८०

म्याग्दी (बेनी) । म्याग्दीमा हिमपात र वर्षा भएपछि किसानहरूमा खुसीयाली छाएको छ । बुधबार यस वर्षको हिउँदयाममा पहिलोपटक वर्षा र हिमपात भएको हो । लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत हिउँदेबालीमा सिँचाइ गर्न नपाएका किसान तल्लो भेगमा वर्षा र माथिल्लो भेगमा हिमपात भएपछि खुसी भएका

बिहीबार , माघ ११ २०८०

काठमाडौं । काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्यूरोड (नयाँ सडक) क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौं महानगरपालिको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन् । महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष भवनलाई पार्किङको विकल्पका रूपमा लिएको छ । राजधानीकै प्रमुख व्यापारिक क्षेत्रबाट पार्किङ हटेपछि सो क्षेत्रको व्यापारमा

बिहीबार , माघ ११ २०८०

काठमाडौं । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ

बुधबार, माघ १० २०८०

काठमाडौं । विश्वका बढी वायु प्रदूषित सहरमध्ये १० औँ स्थानमा काठमाडौं परेको छ । काठमाडौंको हावाको प्रदूषण १ सय ६४ एक्यूआइ वल्ड ऐर क्वालिटी इन्डेक्सले देखाएको छ । हिउँदे वर्षा समयमा नहुँदा विश्वका विभिन्न क्षेत्रमा वायु गुणस्तरमा सुधार आउन सकेको छैन । भारतको दिल्ली सहर वायु प्रदूषणको १

बुधबार, माघ १० २०८०

काठमाडौं । भिजिट भिसामा विदेश जानेका लागि आजदेखि नयाँ नियम लागू भएको छ । सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश जान आवश्यक पर्ने कागजातबारे नयाँ नियम लागू गरेको हो । भिजिट भिसाका नाममा सेटिङ र ठगी बढेको ठहर गर्दै गृह मन्त्रालयले आजदेखि लागू हुनेगरी १३ बुँदे नयाँ

मंगलबार, माघ ९ २०८०

काठमाडौं । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो । पार्किङ निषेध गरिएका स्थानहरूमा ‘नो पार्किङ’ का संकेत चिन्ह राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ गर्न

मंगलबार, माघ २ २०८०

जाजरकोटमा गत कात्तिक १७ गते गएको ५.७ म्याग्निच्युडको भूकम्पले भौतिक तथा मानवीय क्षति भोगेका पीडितहरूका लागि भारतले पहिलो चरणमा २ सय वटा प्रि-फेब्रिकेटेड घर बनाइदिएको छ । १५७ जनाको ज्यान जाने गरी गएको उक्त भूकम्पका कारण जाजारकोटमा मात्रै हजारौँ घर ध्वस्त भएका थिए । भारत सरकारको सहयोगमा

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij