बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

खेलकुद

सन्दीप बने ‘आईसीसी प्लेयर अफ दि मन्थ’


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1130
    असोज २५, २०७८ सोमबार
    सन्दीप बने ‘आईसीसी प्लेयर अफ दि मन्थ’

    काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को सेप्टेम्बर महिनाको प्लेयर अफ द मन्थको उपाधि नेपाली लेग स्पिनर सन्दीप लामिछाने जितेका छन्। उनी आईसीसीकै प्यानल र खुला मतदानको मतअनुसार विजेता बनेका हुन् ।

    आईसीसीको प्यानलमा पूर्वखेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहेको हुन्छ। आईसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला (अनलाइन भोटिङ)को मतभार १० प्रतिशत हुन्छ। लामिछाने पहिलोपटक यो अवार्ड जित्ने नेपाली खेलाडी हुन् ।

    आईसिसीले गत बुधबार सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर अफ द मन्थ) को मनोनयन सार्वजनिक गरेको थियो । मनोनयनमा सन्दीपसहित बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिकी ब्याट्सम्यान जसकरण मल्होत्रा रहेका थिए । उनी अहमद र मल्होत्रालाई पछि पार्दै उपाधि जित्न सफल भएका हुन् ।

    विश्वकप लिग-२ का लागि जारी त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले गत महिना ओमान भ्रमण गर्दा सन्दीपको प्रदर्शन उत्कृष्ट रहेको थियो । उनले ६ खेलमा १८ विकेट लिएका थिए ।

    बंगलादेशले अष्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध पहिलोपटक टी-२० सिरिज जित्न स्पिनर नासुमले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै अमेरिकाका जसकरणले पपुवा न्युगिनीविरुद्ध कीर्तिमानी प्रदर्शन गर्दै १ सय २४ बलमा १ सय ७३ रनको इनिङ र एकै ओभरमा ६ बलमा ६ छक्का प्रहार गर्ने कीर्तिमान समेत बनाएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij