बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

खेलकुद

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1175
    असोज २७, २०७८ बुधबार
    साफ च्याम्पियनसिपको फाइनलमा नेपाल

    काठमाडौं । दक्षिण एसियाली फुटबल९साफ०मा नेपालले ऐतिहासिक सफलता हात पारेको छ । समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १(१ को बराबरीमा रोक्दै नेपाल पहिलोपल्ट फाइनलमा पुगेको हो ।

    माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपाल पहिलो हाफमै पछि परेको थियो । बगंलादेशले खेलको आठौं मिनेटमा अग्रता बनाएको थियो । बंगलादेशका सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । 

    खेलको ८८ औँ मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८६ औं मिनेटमा  अन्जनलाई बंगलादेशी खेलाडीले पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसमा गोल गर्दै अन्जनले नेपाललाई ऐतिहासिक सफलता दिलाए ।

    बंगलादेशलाई बराबरीमा रोकेसँगै नेपाल ७ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा हालसम्म नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

    खेलको ७८ औँ मिनेटमा गोलकिपरले रातो कार्ड खाँदै मैदान छाडेपछि बगंलादेश १० खेलाडीमा सीमित भएको थियो । नेपालले अब उपाधिका लागि ३० गते भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ। आजै हुने दोस्रो खेलमा भारत र माल्दिभ्स  भिड्दैछन् ।

    भारतलाई स्पष्ट जितको आवश्यक्ता हुादा माल्दिभ्सलाई बराबरी नै पर्याप्त हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij