बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

खेलकुद

साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारत भिड्ने


  • 1000
    SHARES
  • https://indrenipost.com/posts/1185
    असोज २८, २०७८ बिहीबार
    साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारत भिड्ने

    काठमाडौं । साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् ।

    माल्दिभ्सको मालेस्थित नेसनल स्टेडियममा बुधबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई ३–१ गोलअन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । 

    यसअघि बुधबारै अपराह्न भएको प्रतिस्पर्धामा बगंलादेशलाई एक, एक गोलको बराबरीमा रोक्दै पहिलोपटक साफको फाइनल पुगेको नेपाल र भारत अब उपाधिका लागि असोज ३० गते भिड्ने भएका हुन् । 

    नेपाल साफ इतिहासमा पहिलोपटक उपाधि जित्ने योजनामा छ । साफको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको हो ।

    उता  भारत भने आठौँपटक उपाधि हत्याउने दाउमा रहनेछ । भारतले यसअघि सातपटक साफ उपाधि जितिसकेको छ । साफमा भारत सर्वाधिक सफल टोली हो । 

    यसपटक लिग चरणमा अपराजित रहँदै भारतले फाइनल यात्रा तय गर्दा नेपाल भारतसँग मात्र हारेको थियो । सुरुमा लगातार दोस्रो खेल जितेको नेपाल आफ्नो तेस्रो खलमा भारतसँग १–० को गोलअन्तरले हारेको हो । 

    अब फाइनल खेल नेपालका लागि भारतसँग लिग चरणमा भोगेको हारको बदला लिने अवसरसमेत हो । नेपाल र भारत २८ वर्षपछि दक्षिण एसियालीस्तरको प्रतियोगिताको उपाधिका लागि भिड्न लागेका हुन् ।

    यी दुई टोलीबीच यसअघि हाल दक्षिण एसियाली खेलकुद (साग)का नामले चिनिने तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)को छैटौं संस्करणको फाइनलमा भेट भएको थियो ।

    सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारत स्वर्ण पदकका लागि भिडेका थिए । त्यो  खेलमा नेपालले टाइब्रेकरमा ४–३ ले भारतलाई हराएको थियो ।  त्यसयता यी दुई टोली पहिलोपटक अहिले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । 

    त्यो फाइनल खेल निर्धारित समयमा २–२ को बराबरी भएपछि नेपालले टाइब्रेकरमा जितेको थियो । आठौँ सागसम्म फुटबलमा सिनियर टोलीले स्पर्धा गर्ने गरे पनि नवौं सागदेखि २३ वर्षमुनिको टोलीले खेल्ने गरेका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij