बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

खेलकुद

साफ च्याम्पियनसिपमा नेपाललाई इतिहास रच्ने मौका


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/1207
    असोज ३०, २०७८ शनिबार
    साफ च्याम्पियनसिपमा नेपाललाई इतिहास रच्ने मौका

    काठमाडौं । नेपालले साफ च्याम्पियनसिप २०२१ मा उपाधि लागि आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति ८ः४५ बजे हुनेछ ।

    साफमा पहिलोपटक फाइनल पुगेको नेपाललाई आज भारतलाई पराजित गर्दै इतिहास रच्ने मौका छ । तर, इतिहास हेर्दा नेपालमाथि भारत हाबी छ । अहिलेसम्म नेपाल र भारत २२ खेलमा आमनेसामने भएका छन् । जसमा भारतले १५ खेलमा जित हात पारेको छ । जबकि नेपालले २ खेलमात्र जितेको छ । नेपालले पाँच खेल बराबरीमा रोकेको छ ।

    भारतले यस प्रतियोगितामै सातपटक उपाधि उचालिसकेको छ । लिग चरणको अन्तिम खेलमा भारतले साविक विजेता माल्दिभ्सलाई ३–१ ले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो । 

    यता नेपालले बंगलादेशसँग १–१ को बराबरी गर्दै साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो ।

    साफ च्याम्पियनसिपमा यसपटक पाँच टोलीले सहभागिता जनाएका थिए । राउन्ड रोबिन प्रणालीमा भएको प्रतियोगितामा लिगको शीर्ष दुईले फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । 

    भारतले आठ अङ्क जोड्दै शीर्ष स्थान पक्का गर्दा नेपाल सात अङ्क जोड्दै दोस्रो स्थानमा रहेर फाइनल पक्का गरेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij