काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलोपटक फाइनलमा पुगेर इतिहास रचेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्किएको छ ।
टोली आज बिहान हवाईजहाजबाट त्रिभुवन विमानस्थलमा ओर्लेको हो । साफको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको हो । तर फाइनलमा भारतसँग ३–० ले हारेपछि उपाधिको इतिहास रच्न नेपाल असफल भयो ।
साफ च्याम्पियनसिपका लागि नेपाली टोली गत भदौ २५ गते कतार गएको थियो । कतारमा मैत्रीपूर्ण खेल र अभ्यासपछि टोली असोज ११ गते मालदिभ्स पुगेको थियो ।