बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

रेफ्रीलाई लात हान्ने फुटबल खेलाडीलाई दुई वर्ष प्रतिबन्ध


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1293
    कात्तिक ३, २०७८ बुधबार
    रेफ्रीलाई लात हान्ने फुटबल खेलाडीलाई दुई वर्ष प्रतिबन्ध

    गत महिना एक खेलको दौरान रेफ्रीमाथि आक्रमण गरेर उनको टाउकोमा लात्ती प्रहार गर्ने ब्राजिलका फुटबल खेलाडीलाई २ वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।

    पहेँलो कार्ड देखाएको मामिलामा भएको आक्रमणपछि रेफ्री रोड्रिगो क्रिभेलारो अस्पताल नै भर्ना हुनुपरेको थियो । 

    स्पोर्ट क्लब साउ पाउलोले विलियम रिबेरियोको करार रद्द गरिसकेको छ । अब उनी व्यावसायिकरुपमा सन् २०२३ सम्म खेल्न नपाउने भएका छन् । यसले सम्भवतः ३० वर्षीय खेलाडीको करियरमा नै पूर्ण विराम लगाएको छ ।

    गुआरानी–आरएसविरुद्ध रिबेरियोले फल हानेपछि रेफ्री क्रिभेलारोले पहेँलो कार्ड देखाएका थिए । त्यसपछि रिबेरियो रेफ्रीमाथि नै खनिन पुगेका थिए । पहिले उनले रेफ्रीलाई मुक्का हानेका थिए ।

    त्यसपछि रेफ्री भुइँमा लडेपछि उनको टाउकोमा लात्ता हानेका थिए । क्रिभेलारोले मैदानमा उपचारपछि अस्पताल लगिएको थियो ।


    घटनापछि आफूले गल्ती गरेको भन्दै रिबेरियोले माफी मागेका छन् । ‘मैले जे गरेँ, त्यो सही थिएन । त्योबेला मैले केही सोच्नै सकिनँ । म मनोवैज्ञानिक उपचारमा पनि जाने सोचिरहेको छु,’ उनले भनेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij