बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

गिनिज वर्ल्ड रेकर्डमा नेपाली फुटबलर दीपा र लक्ष्मीको कीर्तिमानी कायम


  • 1.9K
    SHARES
  • https://indrenipost.com/posts/1450
    कात्तिक १०, २०७८ बुधबार
    गिनिज वर्ल्ड रेकर्डमा नेपाली फुटबलर दीपा र लक्ष्मीको कीर्तिमानी कायम

    काठमाण्डौं । नेपालली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् ।

    दुवै जनाले  गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र प्राप्त गरेकी हुन् । दीपा र लक्ष्मी रले सन् २०१८ मा सबैभन्दा होचो स्थानमा इक्वेल प्लेइङ्ग फिल्ड नामक संस्थाले आयोजना गरेको महिलाहरूको फुटबल प्रतियोगितामा खेल्दै गिनिज वर्ल्ड रेकर्ड कायम गरेका थिए ।

    प्रतियोगिता जोर्डनमा समुन्द्री सतहभन्दा ३२० मिटर तलको स्थानमा आयोजना भएको थियो । जहाँ नेपालसहित अफगानिस्तान, फ्रान्स, स्पेनलगायत २० राष्ट्रका महिला खेलाडीहरू सम्मिलित थिए ।

    इक्वेल प्लेइङ्ग फिल्डले महिला सशक्तीकरणका लागि विश्वकै अग्लो स्थान र होचो दुवै स्थानमा फुटबल आयोजना गरिएको थियो ।

    अग्लो स्थानको खेल अफ्रिकन राष्ट्र तान्जानियाको माउण्ड किलिमन्जारोमा खेलिएको थियो । तर  दीपाले स्वास्थ्य समस्याका कारण किलिमान्जोरोमा खेल्न सकिनन् ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij