काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज हुँदै छ । अबुधाबीमा हुने पहिलो सेमिफाइनलमा इङ्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्याण्ड समूह टु को उपविजेताको हो । न्यूजिल्याण्डले भने समूह चरणमा पाकिस्तानसँग पराजित बनेपनि बाँकी टिमलाई हराएको थियो । इङ्ल्याण्डले यसअघि समेत टी–ट्वान्टी विश्वकप जितिसकेको छ । तर न्यूजिल्याण्डले यो सफलता हात पार्न सकेको छैन ।
इङ्ल्याण्डले यस प्रतियोगितामा ५ खेल खेलेको छ । जसमा उसले ४ मा जित र १ मा हार ब्यहोरेको छ । न्यूजिल्याण्डले समेत ५ मध्ये ४ मा जित र १ मा हार ब्यहोरेको छ ।
टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भोलि पाकिस्तान र अष्ट्रेलिया भिड्नेछन् ।