बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

सदस्य सचिव नियुक्तिका लागि सिफारीस समिति गठन


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/1673
    कात्तिक २४, २०७८ बुधबार
    सदस्य सचिव नियुक्तिका लागि सिफारीस समिति गठन

    काठमाडौं. । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्तिका लागि सिफारीस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिस्तरिय बैठकले मन्त्रालयका निमित्त सचिव डा.कमल प्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरीएको हो । 

    राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा ३ बमोजिम पोखरेलको संयोजकत्वमा डा.कमला ज्ञवाली (वाणगंगा १, पिपरा कपिलवस्तु) र हरिबहादुर श्रेष्ठ (काठमाण्डौं नगरपालिका १३, ताहचल) सदस्य रहने गरी समिति गठन गरीएको छ । 

    यसअघि मंगलबार बसेको मन्त्रिस्तरिय बैठकले अर्को ब्यवस्था नहुदासम्मको लागि मन्त्रालयका सहसचिव विष्णुराज ढकाललाई राखेपको निमित्त सदस्य सचिवको जिम्मेवारी तोकिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij