बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

एशियाली छनोट खेल खेल्न राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1798
    कात्तिक २८, २०७८ आइतबार
    एशियाली छनोट खेल खेल्न राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान

    काठमाडौं । आईसीसी टि–२० महिला विश्वकपको एशियाली छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज कतार प्रस्थान गरेको छ । 

    १४ सदस्यीय महिला टोली आज बिहान त्यसतर्फ गएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । कतारमा रहँदा महिला टोलीले तिन खेलको टि–२० सिरिज खेल्ने तालिका छ । 

    सिरिजपछि नेपाली टोली १९ तारिखमा छनोट आयोजना स्थल संयुक्त अरब एमिरेन्ट्स (युएई) जानेछ । एशियाली छनोट खेल २२ देखि २८ नोभेम्बरसम्म हुनेछ । 

    कतार जानुअघि नेपाली टोलीले बगंलादेशसँग ३ खेलको सिरिज २–१ ले जितेको थियो ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij