बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग भिड्दै


  • 4.1K
    SHARES
  • https://indrenipost.com/posts/1847
    कात्तिक ३०, २०७८ मंगलबार
    नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग भिड्दै

    काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले आइसिसी वुमन्स टी २० एसिया छनोटको तयारीस्वरुप कतारसँग प्रतिस्पर्धा गर्न लागेको छ । नेपालले कतारसँग तीन खेलको सिरिज खेल्ने कार्यतालिका रहेको छ ।

    कतारसँगको प्रतिस्पर्धा पछि नेपालको लक्ष्य वुमन्स टी २० एसिया छनोटमा सहभागि हुँदै शिर्ष स्थानमा रहने हुने छ । नेपाल, भुटान, हङकङ, कुवेत,  मलेसिया र युएई गरि ६ राष्ट्रले छनोटमा सहभागिता जनाउने छन् । शीर्ष स्थानमा रहने टिमले अघिल्लो चरणमा स्थान बनाउने छ ।

    खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुने छ । राष्ट्रिय महिला टिमले २३ महिनापछि अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) पोखरामा प्रतिस्पर्धा गरेको थियो । त्यसयता नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय खेल खेलेको छैन् ।

    नेपाली खेलकुद लामो समय सम्म कोरोना महामारीको चपेटामा पर्‍यो भने नेपाल क्रिकेट संघ (क्यान)ले समेत महिला टिमको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तय गर्न सकेन् । जसका कारण महिला टीम लामो समय अन्तर्राष्ट्रिय प्रतियोगिता विहिन बन्यो । पछिल्लो समय दुई घरेलु प्रतियोगिता खेलको नेपाली टिमले ३ खेल कतारसँग खेल्ने कार्यतालिका रहेको छ ।

    त्यसपछि नेपाली टोली ३ मंसिरमा युएईतर्फ लाग्ने कार्यक्रम छ । जहाँ नेपालले आइसिसी वुमन्स टी २० एसिया छनोटका खेल खेल्ने छ । पहिलो खेलमा ६ मंसिरमा हङकङसँग प्रतिस्पर्धा गर्दा ७ मंसिरमा भुटान र ९ मंसिरमा कुवेतसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ ।

    त्यस्तै १० मंसिरमा मलेसिया र १२ मंसिरमा युएईसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी २० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij