बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

आजदेखि ए डिभिजन लिग सुरु हुँदै


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1921
    मंसिर ३, २०७८ शुक्रबार
    आजदेखि ए डिभिजन लिग सुरु हुँदै

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले १४ टोली सहभागी हुने यो लिगको तालिका सार्वजनिक गरेको हो ।

    लिगको पहिलो खेलमा शुक्रबार मध्याह्न पौने पाँच बजे फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन् । यसपटक सातदोबाटो, फ्रेन्ड्स क्लबसहित जावलाखेल, पुलिस, त्रिभुवन आर्मी, एनआरटी, एपीएफ, मछिन्द्र, बिग्रेड, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, च्यासल, सङ्कटा र हिमालयन शेर्पाले प्रतिस्पर्धा गर्नेछन् ।

    लिगका सुरुवाती दुई चरणको सबै खेल दशरथ रंगशालामा हुने एन्फाले बताएको छ । लिगको विजेताले ७५ लाख र उपविजेताले ५० लाख पुरस्कार पाउनेछन् । लिगको पुछारमा रहने दुई टोली भने बी डिभिजनमा झर्नेछन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij