बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/2058
    मंसिर ९, २०७८ बिहीबार
    नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज ((बिहीबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछन् । आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो तेस्रो खेलमा नेपाली टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

    आईसीसी एकेडेमीको मैदानमा खेल मध्यान्ह सवा ११ बजे सुरु हुनेछ । यसअघिका खेलमा पहिलो खेलमा हङकङसँग अप्रत्यासित पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो । शीर्षस्थानमा रहँदै विश्वकप यात्रालाई जारी राख्नका लागि नेपाल बाँकी खेलमा जित्नैपर्ने दवाबमा हुनेछ ।

    विश्वकप छनोटका लागि नेपाल, युएई, मलेसिया, हङकङ, भुटान र कुवेत प्रतिस्पर्धामा छन् । जसमध्ये सबै टोलीले दुई खेल खेल्दा यूएई दुवै खेलमा जित निकाल्दै ४ अंक जोडेर शीर्ष स्थानमा छ ।

    त्यसबाहेक नेपाल, मलेसिया, हङकङ, भुटानले समान १ जित र १ हार ब्यहोर्दै २ अंक जोडेका छन् । तालिकाको पुछारमा रहेको कुवेतले भने दुबै खेलमा पराजय ब्यहोरेको छ ।

    विश्वकप क्वालिफायर्समा नेपालको खेल

    २५. नोभेम्बर : नेपाल भर्सेस कुवेत

    २६. नोभेम्बर : नेपाल भर्सेस मलेसिया

    २८. नोभेम्बर : नेपाल भर्सेस युएई

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij