काठमाडौं । केल्मी नेपाल र आर्मीबीच हिजो (बिहीबार) चार बर्षे सम्झौता नवीकरण भएको छ । लामो समयदेखि खेलकुदका विभिन्न सामाग्री उत्पादन तथा वितरण गर्दै आएको केल्मी नेपाल र विभागिय टिम त्रिभुवन आर्मी क्लवसँग चार वर्षे सम्झौता नवीकरण भएको हो ।
यसअघि फुटबलमा मात्रै प्रायोजन गर्दै आएको केल्मीले अब उप्रान्त आर्मीको भलिबल टिमलाई पनि खेलकुद सामाग्री उपलब्ध गराउने डाइरेक्टर प्रदिप न्यौपानेले जानकारी दिए ।
दुई बर्षदेखि आर्मीको महिला, पुरुष, ए र बी टिमलाई खेलकुद सामाग्री उपलब्ध गराउँदै आएको केल्मीले अब भलिबल टिमलाई पनि प्रायोजन गर्ने प्रबन्ध निर्देशक उत्तम न्यौपानेले बताए ।
हिजो एक कार्यक्रमको आयोजना गरी केल्मी र आर्मीबीच सम्झौता नवीकरणमा हस्ताक्षर भएको हो । जसमा आर्मीका तर्फबाट कर्नेल मुनाल बस्नेत र लेफ्टिनेन्ट कर्नेल उज्वल केसीको उपस्थिति रहेको थियो । केल्मी नेपालका तर्फबाट डाइरेक्टर प्रदिप न्योपाने र प्रबन्ध निर्देशक उत्तम न्योपानेको उपस्थिती रहेको थियो ।
अब चार बर्षसम्मका लागि केल्मी नेपालले आर्मीलाई विभिन्न खेलकुद सामाग्री उपलब्ध गराउने भएको छ । पछिल्लो पटक नेपाली खेलकुदमा राम्रो बजार लिइरहेको केल्मीले विभिन्न खेलकुद टिमलाई प्रायोजन गर्दै आएको छ ।