बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

विश्वकप छनोटमा नेपालले मलेसियालाई हरायो


  • 2.2K
    SHARES
  • https://indrenipost.com/posts/2077
    मंसिर १०, २०७८ शुक्रबार
    विश्वकप छनोटमा नेपालले मलेसियालाई हरायो

    काठमाडौं । युएईमा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर १८.२ ओभरमा पुरा गर्‍यो । 

    नेपालका लागि सिता राना मगरले ३० रन बनाउँदा कप्तान रूविना क्षेत्रीले २० रन जोडिन् । कविता जोशीले १० रन जोड्दा इन्दु बर्माले ४ रन बनाएर आउट भइन् । 

    मलेसियाका लागि आइसा इल्साले १ विकेट लिइन् । यसअघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन जोड्यो ।

    मलेसियाका लागि इल्सा हन्टरले सर्वाधिक ३९ रन जोडिन् । मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान दिइन् ।

    नेपालका लागि सवनम राईले सर्वाधिक २ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्री, सिता राना मगर र कविता कुँवर एक–एक विकेट हात पारे ।

    यो जितसँगै नेपाल ४ खेलबाट ३ जितसहित शीर्ष स्थानमा उक्लिएको छ । ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई आजको जित महत्वपूर्ण थियो । अब नेपालले अन्तिम खेलमा सोमबार घरेलु टोली युएईको सामना गर्नेछ ।

    यता ४ खेलमा एक खेलमा जित हात पारेको मलेसियाको ग्लोबल छनोट सम्भावना सकिएको छ ।

    अंक तालिकामा एक खेल कम खेलेको आयोजक युएईको समान अंक भए पनि रन रेटका आधारमा दोस्रो स्थानमा झरेको छ ।
    आजै युएईले कुवेतको सामना गर्नेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij