बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

राखेपको सदस्य सचिवमा तीन जनाको दाबी


  • 2.1K
    SHARES
  • https://indrenipost.com/posts/2096
    मंसिर १२, २०७८ आइतबार
    राखेपको सदस्य सचिवमा तीन जनाको दाबी

    काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो ।

    यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

    सदस्य सचिव बन्न योग्यता पुगेका व्यक्तिले सात दिन भित्र निवेदन पेस गरिसक्नु पर्ने मन्त्रालयले जनाएको छ । सिफारिस समितिले स्नातक उत्तीर्ण भएको, खेलकुदको क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको, ३० वर्ष उमेर पूरा भएको योग्यता पुग्ने एक जना महिलासहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । 

    मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको त्यही नामबाट एक जना सदस्य सचिव हुनेछन् । सरकारले गत १ कात्तिकमा रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि राखेपको सदस्य सचिव पद रिक्त भएको हो ।

    उक्त रिक्त पदमा तीन जनाले दाबी गरेका छन् । दाबी गर्नेमध्ये टंकलाल घिसिङ, दीपक विष्ट र भरत महर्जन छन् । यी तीनै जनाले सचिव पदमा दाबी गरेका हुन् । उनीहरू सचिव पदका लागि विभिन्न राजनीतिक दल र शीर्ष नेताहरूसँग लबिङ गरिरहेका छन् ।    

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij