शनिबार, साउन २४ गते २०८२ Aug 09 2025 Saturday
images
images

उज्वेकिस्तानलाई हराउँदै नेपाल बन्यो च्याम्पियन


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/2683
    पुष १३, २०७८ मंगलबार
    उज्वेकिस्तानलाई हराउँदै नेपाल बन्यो च्याम्पियन

    काठमाडौं । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपअन्तर्गत नेपाल महिलातर्फ च्याम्पियन भएको छ ।

    मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको फाइनल भिडन्तमा उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो ।

    पहिलो सेट नेपालले २६-२४ ले जितेको थियो । दोस्रो सेट भने नेपालले गुमायो। दोस्रो सेटमा उज्वेकिस्तान २६-२४ ले नै विजयी भयो ।

    तेस्रो सेटमा नेपालले उत्कृष्ट खेल देखायो । नेपाल २५-१५ ले विजयी हुन सफल भयो । 

    चौथो सेटमा फेरि उज्वेकिस्तान हाबी भयो । चौथो सेट २४-२२ ले जित्दै उज्वेकिस्तानले खेललाई २-२ को बराबरीमा ल्यायो ।

    निर्णायक पाँचौ सेट १५-१० ले जित्दै नेपाल च्याम्पियन भयो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij