बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/3064
    माघ ५, २०७८ बुधबार
    प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई

    काठमाडौं । उत्कृष्ट बलिङ प्रदर्शन गरेको सशस्त्र प्रहरी बल (एपीएफ)ले बुधबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

    एपीएफले प्रधानमन्त्री कपको उपाधि जितेको यो दोस्रोपटक हो । यसअघि, एपीएफले दोस्रो संस्करणको उपाधि जितेको थियो । गत संस्करणमा एपीएफ त्रिभुवन आर्मी क्लबसँग फाइनलमा पराजित भएको थियो ।

    ट्वान्टी–२० स्वरूपमा भने एपीएफ पहिलो विजेता बनेको छ । यो प्रतियोगिता यसअघि एकदिवसीय स्वरूपमा हुँदै आएको थियो ।

    दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरे पनि पुलिसलाई जिताउन सफल भएनन् । दीपेन्द्रसिंहले ६५ रन बनाउनुका साथै तीन विकेट लिएका थिए ।

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसका कप्तान मञ्जित श्रेष्ठले एपीएफविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । उनको निर्णय सही सावित भएको थियो । 

    एपीएफका खेलाडीले कुनै पनि समय ठूलो साझेदारी गर्न सकेनन् । तर, एपीएफले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि विजयी नतिजा निकाल्न सफल भयो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij