बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

केल्मीका निर्देशक उत्तम न्यौपाने सम्मानित 


  • 2.7K
    SHARES
  • https://indrenipost.com/posts/3120
    माघ ९, २०७८ आइतबार
    केल्मीका निर्देशक उत्तम न्यौपाने सम्मानित 

    काठमाडौं । केल्मी नेपालका निर्देशक उत्तम न्यौपाने सम्मानित भएका छन् । २१ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा न्यौपाने सम्मानित भएका हुन् । 

    u.jpg

    केल्मीले फुटबल र भलिबल विधाका खेलाडीहरूलाई खेल पोशाकलगायत अन्य सामाग्री उपलब्ध गराइ अमूल्य सहयोग गरेको भन्दै उक्त दिवसको अवसरमा सशस्त्र प्रहरीले निर्देशक न्यौपानेलाई कदर—पत्रस्वरूप सम्मान गरेको हो । 

    271905908_1135505993883983_748986588800763764_n.jpg

    केही समययता उसले नेपाल एपीएफ क्लवका फुटबल र भलिबल विधाका खेलाडीहरूलाई निःशुल्क तथा सहुलियत दरमा खेल सामाग्रीहरू उपलब्ध गराउँदै आएको छ । 

    271749039_241590184792257_5121613753580550701_n.jpg

    २१ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा बोल्दै महानिरीक्षक शैलेन्द्र खनालले खेल जगतमा केल्मीले लामो समयदेखि योग्दान पुर्याउँदै आएकोमा धन्यवाद दिए । साथै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेकाे बताए ।

    केल्मी नेपालले खेलकुदका विभिन्न पोशाकलगायत अन्य सामाग्रही उत्पादन तथा वितरण गर्दै आएको छ । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij