बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

क्रिकेट खेलाडीको वर्गीकरण : कुन श्रेणीमा को, कति हुन्छ तलब ?


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/3193
    माघ १४, २०७८ शुक्रबार
    क्रिकेट खेलाडीको वर्गीकरण : कुन श्रेणीमा को, कति हुन्छ तलब ?

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गरेको छ । क्यानको बिहीबार बसेको बैठकले महिला तथा पुरुष खेलाडीलाई सन् २०२२ का लागि सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो । पुरुषतर्फ ‘ए’ श्रेणीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी परेका छन् ।

    यस्तै ‘बी’ श्रेणीमा कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, अभिनाश बोहरा, शरद् भेषवाकर र विनोद भण्डारी छन् । यसैगरी ‘सी’ श्रेणीमा कुशल मल्ल, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशन भारी र पवन सर्राफ छन् ।

    यसैगरी महिलातर्फ ‘ए’ श्रेणीमा रुबिना क्षत्री, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी परेका छन् । यस्तै ‘बी’ श्रेणीमा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सबनम राई र ज्योति पाण्डे छन्। ‘सी’ श्रेणीमा डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल छन् । 

    वर्गीकरणमा परेका ‘ए’ श्रेणीका पुरुष खेलाडीले मासिक ५० हजार, ‘बी’ले ४० हजार र ‘सी’ श्रेणीका खेलाडीले ३० हजार रुपैयाँ पारिश्रमिक पाउने छन् । यसैगरी ‘ए’ श्रेणीका महिला खेलाडीले १५ हजार, ‘बी’ श्रेणीले १२ हजार र ‘सी’ श्रेणीमा परेका खेलाडीले मासिक १० हजार पारिश्रमिक पाउने छन् । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij