बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

प्रधानसेनापति खुला म्याराथन आगामी फागुन १४ मा


  • 2.8K
    SHARES
  • https://indrenipost.com/posts/3317
    माघ २०, २०७८ बिहीबार
    प्रधानसेनापति खुला म्याराथन आगामी फागुन १४ मा

    काठमाडौं । सेना दिवस तथा महाशिवरात्रिका अवसरमा आगामी फागुन १४ गते ‘प्रधानसेनपति खुला म्याराथन’ प्रतियोगिता हुने भएको छ । 

    ‘मनोरञ्जनका लागि खेलः एकता, सामूहिक भावना र सामर्थ्य’ भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न म्याराथन विधा समावेश गरिएको छ ।

    नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ४२.१९५ किमी पुरुष म्याराथन तथा २१ किमी महिलारपुरुष हाफ म्याराथन गर्न लागिएको केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले जानकारी दिए ।

    सैनिक अधिकृत र सैनिक सहचारी महिलारपुरुषको सहभागितामा १० किमी दौड तथा उपत्यकाभित्रका सहायकरथी र सोभन्दा माथिका रथीबृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथन पनि आयोजना हुने जानकारी दिइयो ।

    म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिने छ । हाफ म्याराथनमा पहिला, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः ७५ हजार, ५० हजार ३५ हजार नगर पुरस्कार प्रदान गरिनेछ । 

    म्याराथनमा प्रथम हुनेलाई सिसिक अटोमोबाइल प्रालिले यामाहा मोटरसाइक तथा काठमाडौँ महानगरपालिकाले स्पोन्सरस्वरुप हाफ म्याराथनकी विजयी महिला धावकलाई स्कुटर प्रदान गर्नेछ ।

    म्याराथनमा द्वितीय हुने र हाफ म्याराथनमा प्रथम हुने पुरुष धावकलाई पुरस्कारस्वरुप पनि मोटरसाइकल उपलब्ध हुनेछ । ती सबै प्रतियोगितामा करिब एक हजार १५० धावकको सहभागिता हुने अपेक्षा गरिएको छ ।

    प्रतियोगितामा भाग लिन चाहनेलाई व्यक्तिगत र सस्थागतरूपमा शुक्रबारदेखि नाम दर्ताको व्यवस्था गरिएको सेनाले जनाएको छ ।

    प्रतियोगितामा रक्षा मन्त्रालय, युवा तथा खेलकुद, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, पत्रकार खेलकुद मञ्चका धावक प्रतिनिधि तथा अन्य आमन्त्रितले भाग लिनेछन् ।

    सेनाले मनोरञ्जनका लागि खेल नामाकरण गरी ‘एकता नै बल हो, आउनुस् खेलका माध्यमबाट हातेमालो गरौँ’ भन्ने नाराका साथ विसं २०७२ बाट प्रतियोगिता आरम्भ गरेको हो । 

    सेनाका प्रवक्ता नारायण सिल्वालले नागरिक–सैनिक सम्बन्ध विकासमा प्रतियोगिता केही हदसम्म सफल रहे पनि आगामी दिनमा थप मेहेनत गर्न आवश्यक रहेको विचार प्रकट गरे । रासस

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij