काठमाडौं । चीनको बेइजिङमा जारी शितकालीन ओलम्पिकमा १५ स्वर्ण पदकको टुंषे लागेको छ । हालसम्म रुस ओलम्पिक कमिटी (आरओसी) पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
आरओसीले स्वर्ण, दुई रजत र दुई कास्य गरी जम्मा ६ पदक हात पार्न जितेको छ । नर्वेले भने दुई स्वर्ण र एक कास्य जितेको छ ।
स्वीडेनले पनि दुई स्वर्ण हात पार्न सफल भएको छ । जर्मनी र नेदरल्यान्ड्सले समान एक–एक स्वर्ण र एक–एक रजत जितेका छन् ।
जापानले एक स्वर्ण र दुई कास्य हात पारेको छ । अष्ट्रेलिया र स्लोभेनियाले समान एक–एक स्वर्ण र एक–एक कास्य पदक हात पारेका छन् । आयोजक चीन र न्यूजिल्यान्डले एक–एक स्वर्ण जितेका छन् ।
अमेरिकाले तीन रजत पदकमा चित्त बुझाएको छ । अष्ट्रीया र इटालीले समान दुई–दुई रजत तथा एक–एक कास्य पदक जितेका छन् । क्यानाडाले एक रजत र एक कास्य तथा फ्रान्सले एक रजत हात पारेको छ ।