बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

विश्वकप छनोट : नेपाल विजयी, ओमान ३९ रनले पराजित


  • 2.9K
    SHARES
  • https://indrenipost.com/posts/3768
    फागुन ६, २०७८ शुक्रबार
    विश्वकप छनोट : नेपाल विजयी, ओमान ३९ रनले पराजित

    आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएकाे छ ।

    आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।

    अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो ।

    ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई छक्कासहित २४ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    नेपाललाई जिताउन कमल सिंह ऐरी, जितेन्द्र मुखिया, कप्तान सन्दीप लामिछानेले २–२ विकेट लिए ।

    अभिनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

    नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए । उनले ३७ बलमा २ चौका प्रहार गरे ।

    यस्तै कप्तान सन्दीप लामिछानेले ७ बलमा १६ रन बनाए । नेपालका पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

    बलिङमा खवर अलीले तीन, बिलाल खानले दुई तथा फय्याज बट र जिशान मकसूदले एकरएक विकेट लिए । प्रतियोगिता अघि ओमानसँग खेलिएको चार देशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij