शहीद स्मारक ए डिभिजन लिगमा आज बाह्रौ चरणका अन्तिम दुई खेल हुँदैछन् ।
लिगको च्याम्पियन र रेलिगेशनमा जाने दुई टोलीको निर्क्योल भइसकेको अवस्थामा अबका खेलमा टिमहरु अंकतालिकामा स्थान सुधार्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विभागीय टोलीहरु एपीएफ र नेपाल पुलिस भिड्नेछन् ।
८ खेलबाट १४ अंक जोडेको एपीएफ अंकतालिकाको आठौं स्थानमा छ ।
पछिल्ला खेलहरुमा लयमा देखिएको एपीएफले अघिल्लो सिजन लिगमा बलियो मानिएको मनाङलाई स्तब्ध पार्दै रेलिगेशनबाट माथि उठेको थियो ।
अर्कोतर्फ ए डिभिजन लिगमा राम्रो इतिहास भएको नेपाल पुलिसको यो सिजनको प्रदर्शन भने बिर्सन लायक रह्यो। पुलिसले ११ खेलमा ११ अंक जोड्दै ११ औं स्थानमै रहेको छ ।
एपीएफ र पुलिस बीच दिउसो १ बजे तथा आर्मी र संकटाबीच साँझ पौने ५ बजे दशरथ रंगशालामा खेल हुनेछ ।