काठमाडौं । पुपुवा न्युगिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले शुक्रबार जितका लागि २९३ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान असद भाला र चार्लेस एमिनीले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङ थालेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनाएको हो ।
नेपालले सुरुमै पहिलो विकेट लिएको थियो । तर, त्यसपछि भने पीएनजीका ब्याट्सम्यानसामु नेपाली बलर निरीह बनेका थिए । टोनी उरा र भालाले दोस्रो विकेटका लाग ४९ रनको साझदोरी गरे ।
उरा ३८ रन बनाएर पवेलियन फर्किए । उरालाई दीपेन्द्रसिंह ऐरीले भीम सार्कीमार्फत क्याच गराएका थिए ।