क्रिकेटर करण केसीको ह्याट्रिकमा त्रिकोणात्मक टी(२० सिरिज अन्तर्गत पपुवा न्युगिनी ९पीएनजी०सँग खेलिरहेको नेपालले लगातार तेस्रो जित हात पारेको छ । नेपालले पीएनजीलाई ३७ रनले पराजित गरेको हो ।
पपुवा न्युगिनी पीएनजीसँग टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन जोडेको थियो ।
नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजी १९।४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६६ रनमा समेटिएको हो ।
पीएनजीलाई १६६ रनमा रोक्नका लागि नेपालका करणले ३।४ ओभर बलिङ् गर्दै ५ विकेट लिए । त्यस्तै अविनाश बोहरा र सोमपाल कामीले समान २र२ विकेट लिए ।
त्यस्तै नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६० र मोहम्मद अदिल अलामले २० रन जोडे । यस्तै कुशल भुर्तेल १७ रन, रोहित पौडेल ४१ रन र आशिफ शेख ३८ रन जोडे ।