बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

खुला टेनिस प्रतियोगिता ११ वैशाखदेखि


  • 2.8K
    SHARES
  • https://indrenipost.com/posts/4333
    बैशाख ६, २०७९ मंगलबार
    खुला टेनिस प्रतियोगिता ११ वैशाखदेखि

    काठमाडौं । काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता ११ वैशाखदेखि हुने भएको छ ।
    करिब दुई सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगितामा १० स्पर्धामा खेल हुनेछ ।

    पुरुष महिला सिंगल्स, मिक्स डबल्स, पुरुष भेट्रान ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्स र डबल्स तथा ६५ वर्षमाथि सिंगल्समा प्रतिस्पर्धा हुनेछ । 

    सबै स्पर्धामा नगद पुरस्कारको व्यवस्था छ । कूल नगद पुरस्कार राशी पाँच लाख १७ हजार पाँच सय रुपैयाँ राखिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा सिटिजन्स बैंक रहेको छ ।

    साताव्यापी प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij