बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

विश्वकप एसिया छनोट क्रिकेट

वर्षाका कारण खेल रद्द भएपनि नेपाल सेमिफाइनलमा 


  • 505
    SHARES
  • https://indrenipost.com/posts/4538
    भदौ २०, २०८० बुधबार
    वर्षाका कारण खेल रद्द भएपनि नेपाल सेमिफाइनलमा 

    काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेल वर्षाको कारण रद्द भएको छ ।

    मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टस समेत हुन नसकेपछि दुवै टोलीले एक एक अंक बाड्दै खेल टुङ्गाए ।

    यससँगै यूएई समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा पुग्यो ।

    दुवै टोलीले समान पाँच खेलमा ९ अंक जोड्दै नेटरनरेटकका आधरमा विजेता र उपविजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेका हुन ।

    नेपालले अब समूह ‘बी’ को विजेतासँग यही भदौ २२ गते सेमिफाइनल खेल्नेछ । नेपाल फाइनलमा पुग्न सके सन् २०२४ मा हुने ग्लोबल टि२० विश्वकप छनोट खेल्न पाउनेछ ।

    त्यसैगरी समूह ‘बी’ मा हङकङ तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । थाईल्याान्ड पनि समान तीन खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ ।

    हङकङ र थाईल्यान्डबीचको खेल आजै हुनेछ । उक्त खेलको विजेतासँग नेपालले सेमिफाइनलमा खेल्नेछ भने यूएईले उपविजेतासँग खेल्नेछ ।

    यसअघि नेपालले समूह चरणको खेलमा अपराजित रहेको थियो । नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले पराजित गर्दै विजयी भएको हो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij