शनिबार, साउन २४ गते २०८२ Aug 09 2025 Saturday
images
images

सरकारले जग्गा उपलब्ध गराए काठमाडौं महानगर क्रिकेट रंगशाला बनाउन तयार छ : बालेन साह


  • 559
    SHARES
  • https://indrenipost.com/posts/4544
    भदौ २०, २०८० बुधबार
    सरकारले जग्गा उपलब्ध गराए काठमाडौं महानगर  क्रिकेट रंगशाला बनाउन तयार छ : बालेन साह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्ने बताएका छन् ।

    मंगलबार उनले सामाजिक सञ्जालमार्फत सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १ सय रोपनी जग्गा उपलब्ध गराएमा महानगर रंगशाला बनाउन पहल गर्ने बताएका हुन् ।

    उनले लेखेका छन्, ‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ । त्योबाहेक खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुनेगरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेका छौँ ।’

    उनले पूर्वाधार निर्माण भए मात्र खेलको विकास हुनसक्ने उल्लेख गर्दै एकै खेलबाट करोडौं रकम आर्जन गर्न सकिने पनि बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # बालेन साह
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij