काठमाडौं । एसिया कप खेलेर राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । बुधबार टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीसहित क्रिकेट प्रेमीले स्वागत गरे ।
विमानस्थलमा स्पिनर सन्दीप लामिछानेले एसिया कप राम्रो भएको र त्यसलाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए ।
जारी एसिया कपमा समूह ‘ए’ मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिएको छ ।
पहिलोपटक एसिया कप खेलेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।
भारत र पाकिस्तान जस्ता विश्व क्रिकेटको अब्बल र नम्बर १ टिम सँग खेलेको नेपाली टोलीले प्रतिस्पर्धामा हार बेहोरे पनि नेपाली क्रिकेटलाई विश्वमाझ चिनाउँदै धेरै सिकेर फर्किएको भन्दै प्रशंसा भइरहेको छ ।