बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

क्यानको साधारणसभा असोज ५ र ६ गते (सूचनासहित)


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/4619
    भदौ २८, २०८० बिहीबार
    क्यानको साधारणसभा असोज ५ र ६ गते (सूचनासहित)

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा यही असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ । काठमाडौंस्थित एभरेस्ट होटलमा साधारणसभा हुन लागेको क्यानले जानकारी दिएको छ ।

    क्यानले साधारणसभामा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा स्कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट केन्द्रीय साधारणसभाका चयन भएका प्रतिनिधिहरू सहभागी हुने जानकारी दिएको छ ।

    साधारणसभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन, २०८०/८१ का लागि वार्षिक लेखापरीक्षक नियुक्ति, विधान तथा विविध विषय एजेन्डाका रूपमा प्रस्तुत हुने क्यानले जानकारी दिएको छ ।

    can.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij