काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको तेस्रो खेलमा नेपालले आज हङकङविरुद्ध ब्याटिङ गरिरहेको छ ।
काठमाडौंमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ सुरु गरेको हो ।
नेपालले यसअघिका दुई खेल जितेको थियो । नेपालले पहिलो खेलमा यूएईलाई सात विकेटले र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।
आजको खेलमा नेपाल विजयी भए एक खेल अगावै फाइनलमा पुग्नेछ ।