बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

विश्वकप छनोट

त्रिकोणात्मक टी-२० सिरिज : फाइनल पुगिसकेको नेपाल युएईविरुद्ध भिँड्दै


  • 487
    SHARES
  • https://indrenipost.com/posts/4813
    कात्तिक ६, २०८० सोमबार
    त्रिकोणात्मक टी-२० सिरिज : फाइनल पुगिसकेको नेपाल युएईविरुद्ध भिँड्दै

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमले विश्वकप छनोट अघिको अभ्यास खेलका रुपमा रहेको त्रिकोणात्मक टी-२० सिरिजको चौंथो खेलमा युएईसँग प्रतिस्पर्धा गर्दै छ ।

    डबल राउन्ड रोविनको आधारमा भएको खेलको अन्तिम खेलमा नेपाल युएईसँग भिड्न लागेको हो ।

    ११ बजे सुरु हुने खेलमा नेपाल आफ्नो अपराजित यात्रा कायम राख्न मैदान उत्रिंदा युएई भने नेपाललाई हराएर एक खेल अगावै फाइनल पुग्न चाहन्छ ।

    नेपाल भने यसअघिनै फाइनल पुगिसकेको छ । नेपाल सुरुवाती तीन खेलमा रवाफिलो जितसहित फाइनलमा पुगेको थियो ।

    प्रतियोगिताको पहिलो खेला नेपालले युएईलाई ७ विकेटले पराजित गर्दा दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेट र अन्तिम खेलमा ७९ रनले हराएको थियो । लगातार तीन जितसहित नेपाल फाइनलमा स्थान बनाउन सफल भएको छ ।

    तीनै टोली विश्वकप छनोटको तयारीमा रहेकाले आफ्नो प्रदर्शन सुधार्दै प्रतियोगितामा होमिंदै छन् । यस्तोमा सिरिजमा नेपाली सिनियर टोली निकै उच्च लयमा देखिंदा विश्वकप छनोटमा सोही प्रदर्शन दोहोर्‍याउन सके १० वर्षपछि विश्वकप खेल्न सक्ने सम्भावना बलियो बनेको छ ।

    युएई नेपालसँग पराजित भएमा हङकङसँगको अन्तिम खेल उसका लागि निर्णायक हुने छ । हङकङ भने सिरिजका सबै तीन खेलमा पराजित भएकाले फाइनल सम्भावना कमजोर रहेको छ ।

    युएई नेपालसँग आज पराजित भएमा र युएईलाई अन्तिम खेलमा हङकङले हराएमा नेट रनरेटका आधारमा फाइनल पुग्ने दोस्रो टोलीको तय हुने छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij